धनी अमेरिकीहरुले अझै धेरै कर तिर्नु पर्ने राष्ट्रपति बाराक ओबामाको भनाई

ओबामाले कर बढाउनेअमेरिकी राष्ट्रपति बाराक ओबामाले धनी अमेरिकीहरुले अझै धेरै कर तिर्नु पर्ने बताएका छन् ।

 

दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि ह्वाइट हाउसमा बोल्दै ओबामाले मुलुकको घाटा कम गर्ने विषयमा चाँडो सम्झौता गर्न विपक्षी रिपब्लीकन पार्टीसँग अपील गरे ।

 

ओबामाले बजेट घाटा कम गर्नका लागि पनि धनीहरुले बढी कर तिर्नु पर्ने स्पष्ट पारे ।

 

उनले हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनले रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टी मिलेर मुलुकको आर्थिक अबस्था सुदृढ बनाउने सन्देश दिएको उल्लेख गरे ।

ओबामाले यो वर्षको अन्त्यसम्म बजेट घाटा कम गर्न लिइने महत्वपूर्ण निर्णयका कारण अमेरिकी अर्थव्यवस्थामा सुधार आउने र अमेरिकी मध्यमवर्गमाथि सकारात्मक प्रभाव पर्ने समेत उल्लेख गरे ।


अमेरिकी राष्ट्रपति ओबामाले वार्षिक साढे दुई लाख भन्दा बढी कमाउने अमेरिकीमाथि कर बढाउन प्रयास गरिरहेका छन् ।

 

– एजेन्सी