बर्माकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकीले आजदेखि भारतको ६ दिने भ्रमण गर्दै हुनुहुन्छ ।
भ्रमणका क्रममा सुकीले भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह र काँग्रेस आई अध्यक्ष सोनिया गान्धीसंग भेटघाट गर्ने बताईएको छ ।
उहाँले जवाहरलाल मेमोरियल लेक्चर समेत दिने जनाइएको छ । सुकी नजरबन्दमा रहेकै बेला भारत सरकारले सन् १९९३ मा जवाहरलाल नेहरु अवार्ड फर इन्टरनेशल अन्डरस्टैन्डिङ अवार्डले समेत सम्मान गरेको थियो । सुकीलाई आगामी शुक्रबार दिल्लीको लेडी श्रीराम कलेजमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सुकीले आफ्नो भारत भ्रमण निकै फलदायी हुने आशा ब्यक्त गरेको बर्मेली अधिकारीहरुले जनाएका छन् ।
– Agencies