सन्धिखर्क, अर्घाखाँची – यम पञ्चकको अन्तिम दिन भाइटीका अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायत सबै गाविसहरुमा हर्षोल्लसाका साथ दिदीबहिनीले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनासहित आफ्ना दाजुभाइलाई टीका लगाइदिदै छन।
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन सकिने छ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने यमराजको प्रार्थनास्वरूप धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोस्तुते मन्त्रवाचन तथा पूजा गरेर आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
सदरमुकाम सन्धिखर्क एवम जिल्लाभर – गाउँमा देउसी भैलो खेल्न बालवालिका देखि वृद्धसम्म व्यस्त छन ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित रिजाल सप्लायर्समा देउसी भैली खेल्दै स्थानिय बालबालिकाहरु ।
जिल्लाभरी लक्ष्मी पुजाको दिनबाट शुरु भएको देउसी भैली चर्तुदशीको रातीसम्म खेल्ने चलन छ । विभिन्न राजनीतिक दल, क्लव, महिला समुह, युवाको समुह, विद्यार्थी लगायत विभिन्न समुह गाउँ घरमा देउसी खेलिरहेका छन ।
प्रशासनले राती ११ बजेपछि भैलो खेल्न नपाईने नियम बनाएको छ । चाडपर्वमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ गोविन्दमणी भुर्तेलले बताए । जुवा, तास, पासा खेल्नमा प्रतिबन्ध लगाएको छ ।
Related News
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।