प्यालेष्टाइनको गाजा क्षेत्रबाट गरिएको रकेट आक्रमणमा परी इजरायलको दक्षिणी क्षेत्रमा तीन इजरायली नागरिक मारिएपछि त्यस क्षेत्रमा हिंसाको त्रास बढेको छ ।
क्रिरयात मालाची शहरमा रहेको एउटा चारतले भवनमा रकेट आक्रमण हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ । गत बुधबार गाजा क्षेत्रमा इजरायली सैनिकले हमासका सैन्य प्रमुख अहमद सइद सालिलको हत्या गरेको घटनाको जवाफी कारबाहीको रुपमा यसलाई हेरिएको छ ।
इजरायलले गाजा तर्फबाट हुने आक्रमणमा सालिलको नेतृत्व रहेको दाबी रहेको गर्दै आएको छ । इजरायली अपरेशनमा १३ प्यालेष्टाइनी मारिएका थिए ।