बेलायती तेल कम्पनी बीपीले दुई बर्ष अघि समुन्द्रमा तेल चुहावटको घटना गराएवापत लगभग ४ सय ५० करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
अमेरिकाको न्याय बिभागले सो घटनाबारे गरेको अनुसन्धान प्रतिबेदनमा बीपीले उक्त रकम बराबरको जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
सन् २०१० मा मेक्सिकोको खाडीमा ८७ दिनसम्म भएको तेल चुहावटमा लाखौं ब्यारेल तेल समुद्रमा फैलिएको थियो । सो घटनामा ११ जना कर्मचारीको मृत्यु भएको थियो । बीपीले भने उक्त घटनाप्रति माफी माग्दै क्षतिपूर्ति दिने बचन दिएको थियो ।
जरिवाना बराबरको रकम तिर्नका लागि भने बीपीले आफनो स्वामित्वको सम्पत्ती बेच्ने तयारी गरेको छ ।
– RSS