जापानका प्रधानमन्त्री योसिहिको नोडाले संसद विघटन गरी नयाँ चुनाव घोषणा

जापानका प्रधानमन्त्री योसिहिको नोडाले संसद विघटन गरी नयाँ चुनाव घोषणा गर्ने तयारी गर्नुभएको छ ।

 

विवादास्पद बिक्री करमा जनताको समर्थन जुटाउन असफल प्रधानमन्त्री नोडाले नयाँ चुनावमा जाने तयारी गर्नुभएको छ ।

 

अगष्ट २०११ देखी जापानी प्रधानमन्त्रीको कुर्सी समाल्नुभएका नोडाले नयाँ चुनावमा विपक्षी नेता शिन्जो आबेको मुख्य चुनौती झेल्नुपर्नेछ । पुर्व प्रधानमन्त्री समेत रहीसक्नुभएका आबै हालैमात्रै जापानको विपक्षी दल लिबरल डेमोक्रेटिक पार्टीको मुख्य नेता चुनीनुभएको हो ।

सत्ताधारी डेमोक्रेटिक पार्टी अफ जापानका नेता एवं वर्तमान प्रधानमन्त्री नोडा भने जापानी जनताहरु माझ अलोकप्रिय बन्दै गएको र पार्टीभित्रै पनि उहाँको आलोचकहरु बढिरहेको बताईएको छ । सर्वेक्षणहरुले जापानमा नयाँ निर्वाचन भएपनि कुनैपनि दलले स्पष्ट वहुमत नल्याउने देखाएका छन् ।

 

– Agencies