काठमाडौं – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति संगीता भण्डारी र शिक्षाध्यक्ष सोम्या भट्टाचार्यको राजिनामा माग गर्दै आएका आन्दोलरत् स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका छन् ।
आन्दोलनकारीले भिसी र रेक्टरको कार्यकक्षमा पनि ताला लगाएका छन् ।प्रतिष्ठानमा दक्ष चिकित्सक हुँदा हुँदै बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्ति गरिएको बिरोधमा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन् । सरकारले त्यहाँको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई जिम्मेवारी दिएको छ ।
– RSS