इजिप्टको आसयुत प्रान्तमा बालबालिका लिएर गइरहेको स्कुले बसलाई रेलले ठक्कर दिंदा कम्तिमा ४७ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी कायरो देखि ३ सय ५० किलोमिटर दक्षिणस्थित मानफलुतमा भएको दुर्घटनामा मारिनेमा ४ देखि ६ वर्षका बालबालिका रहेको बताईएको छ ।
घटनामा १३ जना बालबालिका घाईते भएका छन् । बसमा ६० जना बालबालिका रहेका थिए । घटना लगत्तै इजिप्सियन यातायात मन्त्रीले राजिनामा दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
त्यस्तै रेल सेवाका प्रमुखले पनि राजिनामा दिएको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।