इजरायली सेनाले गाजास्थित चरमपन्थी समूह हमासको प्रमुख कार्यालय एवम प्यालेस्टायनी प्रधानमन्त्री र मन्त्रीमण्डलको कार्यालयमा बमबारी गरेको छ ।
इजरायली वायु सेनाले यो आक्रमण प्यालेस्टाइन गुट हमासविरुद्ध थालेको कारबाहीको चौथो दिन भएको यो आक्रमण भएको हो ।
आक्रमणबाट कार्यालयमा ठूलो क्षति भएको छ । आक्रमणको समयमा कार्यालय भने खाली रहेको अनुमान गरिएको छ ।
हमासले गाजा पट्टीबाट जेरुसेलमस्थित इजरायली संसद नीसेटलाई लक्षित गर्दै रकेट आक्रमण गरेपछि इजरायलले जवाफी हमला गर्न ७५हजार सैनिकलाई तयारी अवस्थामा राखेको छ ।
आफूमाथि रकेट आक्रमण गरेको भूमिगत स्थललाई नस्ट गरिएको समेत इजलायली वायुसेनाले जनाएको छ ।
इजरायलले गाजामा आक्रमण गरी हमासका सैनिक प्रमुखका हत्या गरेपछि शुरु भएको द्वन्द्वमा ३ इजरेली र २८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । शुक्रबार राती इजरायलले गाजा क्षेत्रका कयौं घरहरुमा हवाई आक्रमण गरेको छ ।
हमासले दशकौं पछि जेरुसलेमलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायलको सहयोगी राष्ट्र अमेरिका समेत क्रुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन गरी प्रतिरक्षा गर्ने इजरायलको अधिकारमा साथ दिइरहने प्रतिबद्धता दोहो