निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति ओबामा दक्षिण एसियाको भ्रमणमा

अमेरिकी राष्ट्रपति ओबामा दक्षिण एसियाको भ्रमणमाअमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश यात्राका क्रममा दक्षिण एसियातर्फ लाग्नुभएको छ ।

 

दक्षिण एसियाका विभिन्न मुलुकको भ्रमण गर्ने क्रममा आज उहां थाइल्याण्ड पुग्नु भएको हो । थाइल्याण्डमा रहंदा उहांले प्रधानमन्त्री यिङलक सिनावत्रा र राजा भूमिबोलसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

भोलि ओबामा बर्माको ऐतिहासिक भ्रमणका लागि रङ्गुन पुग्नुहुनेछ । ओबामाको बर्मा भ्रमण कुनै पनि बहालबाला अमेरिकी राष्ट्रपतिले गरेको पहिलो हुनेछ । बर्मापछि उहां कम्बोडियामा हुने आसियानको सम्मेलनमा भाग लिन जाने कार्यक्रम छ ।

 

विश्लेषकहरुले दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकी राष्ट्रपतिले यस क्षेत्रको भ्रमण रोजको जनाएका छन् ।

 

– Agencies