इजरायल र प्यालेष्टाइनबीच लगातार भइरहेको आक्रमणमा थप १० जना मारिएका छन् । इजरायलले आकाशबाट गरेको आक्रमणबाट एकै घरका १० जनाको मृत्यु भएको हो । इजरायलले आकाशबाट मात्र नभई समुद्रबाट समेत आक्रमण जारी राखेको छ भने गाजाबाट रकेट आक्रमण भएको इजरायली सेनाले जनाएको छ । यी दुई बीचको तनाबमा कयौ बालबालिका सहित ७२ जनाको ज्यान गइसकेको छ ।
यसअघि इजरायली आक्रमणबाट प्यालेष्टाइनी लडाकु समूह हमासको टेलिभिजन र बेलायतको स्काई तथा आईटिएन टेलिभिजन रहेको भवन ध्वस्त बनाइएको छ । आक्रमणमा केही मानिस हताहत भएको र प्यालेष्टाइनी पत्रकारहरु पनि घाईते भएको समाचार छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रीपरिषद्को बैठकपछि इजरायलले गाजामा महत्वपूर्ण कारवाही बढाउन तयार रहेको बताउनु भएको छ । इजरायलले आफ्ना ७५ हजार सैनिकलाई तयारी अवस्थामा राखेको जनाइएको छ । गत बुधबार इजरायली आक्रमणमा हमासका सैनिक प्रमुख मारिएपछि तनाब शुरु भएको हो ।
इजरायली आक्रमणमा हमासका सैन्य प्रमुख अहमद जवारी र वरिष्ठ कमाण्डर मारिएपछि हमासका लडाकुहरु बदला लिने सुरमा छन् । इजरायलले गाजा क्षेत्रका ६ सय भन्दा बढी हमास ठेगाना आप्mनो निशानामा राखेको जनाएको छ ।
– Agencies