संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मध्यपूर्वमा जारी हिंसा रोक्न तत्काल युद्ध विरामको आह्वान गर्नुभएको छ । मध्यपूर्वमा लगातार भइरहेको हिंसा छैठौ दिन पुग्दा ७२ जना मारिइसकेका छन् ।
इजरायल र प्यालेष्टाइनबीचको पछिल्लो आक्रमणमा थप १० जना मारिएका हुन् । मारिने सबै एकै घरका छन् । इजरायलले आकाश र समुद्रबाट आक्रमण गरेको छ भने गाजाबाट रकेट आक्रमण भएको जनाइएको छ । इजरायली आक्रमणबाट प्यालेष्टाइनी लडाकु समूह हमासको टेलिभिजन र बेलायतको स्काई तथा आईटिएन टेलिभिजन रहेको भवन ध्वस्त भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा अझै ठूलो आक्रमण हुने चेतावनी दिएका छन् । गत बुधबार इजरायली आक्रमणमा हमासका सैनिक प्रमुख मारिएपछि त्यहाँ हिंसा भड्किएको हो ।
– Agencies