भिडियोमा: संसारका सबै भन्दा गरीब राष्ट्रपति युरुग्वेका खोसे मुजिका
मंसिर ५ गते, २०६९ मा प्रकाशित
राजनीतिज्ञहरुको जीवनशैली तिनका मतदाताहरुको भन्दा विलासी हुने गरेको प्रति गरिने गुनासो सामान्य जस्तै बनिसकेको छ।
तर युरुग्वेमा एउटा उदाहरण केहि फरक खालको देखिएको छ। त्यहांका राष्ट्रपति आफ्नी श्रीमतीको खेतमा रहेको पुरानो सानो घरमा बस्छन् र उनी आफ्नो तलबको धेरैजसो भाग परोपकारी कामका लागि दान दिने गर्छन्। घर बाहिर लुगा सुकाइरहेको देखिन्छ। पानीको बन्दोबस्त झारपात उम्रीएको आंगनमा रहेको इनारबाट हुन्छ। घरको रेखदेख दुई जना प्रहरी र एउटा तीन खुट्टे कुकुरले गर्ने गर्छन्।
यो युरुग्वेका राष्ट्रपति खोसे मुजिकाको निवास हो, जस्को जीवनशैली विश्वका अन्य नेताहरुको दांजोमा नितान्त भिन्न रहेको स्पष्ट देखिन्छ।
राष्ट्रपति मुजिकाले युरुग्वे राज्यले नेताहरुलाई प्रदान गर्ने विलासी भवन लिएका छैनन्। उनी आफ्नी श्रीमतीको फार्म हाउस,खेती घर,मा बस्छन् जुन राजधानी मोन्टेभीडेओको बाहिरी भेगमा एउटा कच्ची सडकको छेउमा अवस्थित छ।
राष्ट्रपति र उनी श्रीमती मिलेर खेतमा काम गर्छन् र फुल विरुवा उमार्छन्।
महिनामा १२ हजार डलर जतिको आफ्नो तलबको नब्बे प्रतिशत परोपकारी कामका लागि दान गर्ने राष्ट्रपतिको यस प्रकारको मितव्ययी जीवनशैलीका कारण उनलाई संसारका सबैभन्दा गरिब राष्ट्रपति पनि भन्ने गरिन्छ। आफ्नो बारीमा एउटा पुरानो कुर्सीमा ढल्कंदै उनी भन्छन्-