भारतको पटनामा छठ पर्वको अवसरमा भागदौड मच्चिंदा २० को मृत्यु भएको छ । पटनाको लोहानीपुर इलाकामा रहेको अदालतघाटको नदी किनारमा रहेको पुल भत्किंदा भागदौड मच्चिएको हो ।
मृत्यु हुनेमा ९ जना बालबालिका रहेका छन् । छठकै लागि भनी बनाईएको उक्त पुल कच्चा भएका कारण दुर्घटना भएको बताईएको छ । पटना सरकारले सुरक्षा ब्यबस्थामा ध्यान नदिएका कारण पनि दुर्घटना भएको भक्तजनहरुको गुनासो छ ।
यसैबीच भारतीय काँग्रेस आईका अध्यक्ष सोनिया गान्धीले घटनाप्रति खेद प्रकट गर्दै यसको छानबीन गर्न पटना सरकारसंग माग गरेको छ ।
मृतकप्रति समबेदना प्रकट गर्दै सोनिया गान्धीले पटनाका मुख्य मन्त्री नितीश कुमारको राजीनामा माग गरेका छन् । घटनामा कयौं घाइते भएका छन् भने घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।
– Agencies