इजरायल र प्यालेष्टाइनवीचको युद्द जारी, कयौको मृत्यु, युद्धविराम गराउन व्यापक पहल
मंसिर ५ गते, २०६९ मा प्रकाशित
इजरायल र प्यालेष्टाइनवीचको द्धन्द सातौं दिनमा प्रवेश गरेको छ । प्यालेस्टाईनी लडाकु समुह हमास विरुद्ध ईजरेलले गरेको हवाई आक्रमणमा हालसम्म १ सय ७ जनाको मृत्यु भईसकेको छ ।
द्धन्द नियन्त्रणको लागि राष्ट्रसंघका महासचिव वान की मुनले गरेको आग्रहलाई दुबै पक्षले अस्विकार गरेका छन् । यसैविच ईजिप्टको कायरोमा बसेको अरब लिगको आपत्कालीन बैठकले गाजामा वार्ताका लागि आज आफ्ना विदेशमन्त्रीहरुको टोली पठाउने निर्णय गरेको छ ।
इजिप्टले कायरोमा रहेका इजरायली र हमासका अधिकारीहरुबीच शान्ति सम्झौता गराउन प्रयास गरेको जनाइएको छ । यता, इजरायली सेनाले गाजामा हमास लडाकुका घरहरु, हतियार राखिएका गोदाम र प्रहरी चौकीलाई आक्रमणको निशाना बनाएको जनाएको छ ।
युद्धविराम गराउन व्यापक पहल
इजरायल र प्यालेष्टाइनबीचको युद्ध छैठौ दिनमा प्रवेश गरिरहंदा नयां चरणका वार्ताहरु मार्फत युद्धविराम गराउन पनि व्यापक पहल भैरहेका छन् । बुधबार देखी जारी हिंसा अन्त्यका लागि इजिष्टले पेश गरेको प्रस्तावमा इजरायली नेताहरुले छलफल गरेका छन् तर उनीहरुको निर्णय भने नआइसकेको बताइएको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले अरब लीका प्रमुखसंग कायरोमा भेटवार्ता गर्नु भएको छ ।
कायरोमा आज हुने थप छलफलबाट इजरायल र प्यालेष्टाइन द्धन्द्ध अन्त्यको प्रयास गर्ने आशा गरिएको छ । यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा दुवै पक्षलाई हिंसा रोक्न लगाउन र गाजामा मानवीय आवश्यकताका सामग्रंीको सहजतालाई सम्बोधन गर्ने विषयमा छलफल हुंदैछ ।
बुधबार यताको इजरायली आक्रमणमा गाजामा सय भन्दा बढी मारिएका छन् भने गाजाबाट प्यालेष्टाइनी लडाकुले गरेको आक्रमणमा तिन इजरायली मारिएका छन् । हिजो मात्र इजरायली आक्रमणमा इस्लामिक जिहाद लडाकु समुहका कमाण्डर मारिएका छन् । बढ्दो हिंसाको त्रासका बीच इजरायली सेनाहरु सीमा क्षेत्रमा जम्मा भैरहेका छन् तर युद्धविरामका लागि भैरहेका वार्ताका कारण गाजामा सम्भावित स्थल आक्रमण भने तत्कालका लागि रोकिएको इजरायली अधिकारीहरुले जनाएका छन् ।