आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

काठमाडौं  । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा पूर्ण बाल अधिकारको प्रत्याभूति गर्न अझै धेरै प्रयास जरुरी रहेको बताउनुभएको छ । नेपालमा बाल अधिकार अभियानको २५ बर्ष पुगेको अबसरमा काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बालबालिकाको पहुँच पुग्न नसकेको बताउनुभयो । बाल अधिकारको संरक्षण र सम्बद्र्धन गर्नु सरकारको मात्र जिम्मेवारी नभएकाले सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उहांले जोड दिनुभयो ।


कार्यक्रममा बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने मानवअधिकारकर्मीलाई प्रधानमन्त्रीले सम्मान गर्नुभयो । सम्मानित हुनेमा प्राध्यापक मधुराप्रसाद श्रेष्ठ, गौरी प्रधान, केदारनाथ उपाध्याय, भुवनेश्वरी सत्याल, किरण मानन्धर, सुवास नेम्वाङ, रकम चेम्जोङ, कुष्णासुन्दरी श्रेष्ठ, माधव प्रधान, शुभराज पोख्रेल, सुमित्रा श्रेष्ठ, बाबुराम अधिकारी, मनिन्द्ररन्जन बराल, हेमाङ्ग दिक्षित, नुप्पुर भट्टाचार्य, भुवनेश्वरी सत्याललगायत हुनुहुन्छ । कार्यक्रममा बालबालिकाहरुले बालश्रम बिरुद्धको नाटक प्रदर्शन गरेका थिए ।

 

– RSS