स्याङ्जा । विश्व शान्ति र ब्रिटिश साम्राज्यका खातिर दोस्रो विश्वयुद्धमा मारिएका, बेपत्ता पारिएका ६० हजार गोरखा सैनिकको आजदेखि सामूहिक काजकिरिया थालिएको छ । गोरखा भूतपूर्व सैनिक संघ, गेसोको आयोजनामा मंसिर ७ गतेसम्म पश्चिम नेपालको स्याङ्जा जिल्ला फेदीखोला गाविस साल्मेडाँडामा सामूहिक काजकिरिया तथा श्रद्धाञ्जली गरिने छ ।
ब्रिटिशको पक्षमा युद्धमा होमिएका गोरखा पितृहरुको अझै पनि काजकिरिया समेत नभएकाले आत्माशान्ति तथा पितृउद्धारका लागि कार्यक्रम गरिएको गोसेको अध्यक्ष पदमबहादुर गुरुङले बताए ।
कार्यक्रममा गुरुङ, मगर, राई, लिम्बु, पुन, याक्खा, सुनुवार, शेर्पा, तामाङ, दुरा, भुजेल, नेवार, ठकुरी, थकाली, दलित, बाहुन, क्षेत्री, ह्योल्मोलगायत १८ जातिगत समूहले आ