प्रजातान्त्रीक गणतन्त्र कंगोको विद्रोही समुह एम ट्वान्टी थ्रि र उसका शिर्ष नेताहरु विरुद्ध राष्ट्रसंघको सुरक्षा परिषदद्धारा प्रतिवन्ध

प्रजातान्त्रीक गणतन्त्र कंगोको विद्रोही समुह एम ट्वान्टी थ्रि र उसका शिर्ष नेताहरु विरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले प्रतिवन्ध लगाएको छ । प्रजातान्त्रीक गणतन्त्र कंगोमा सशष्त्र संघर्ष मार्फत प्रभाव बढाईरहेको एम ट्वान्टी थ्रिका नेताहरुलाई प्रतिवन्ध लगाउने प्रस्तावलाई राष्ट्रसंघ सुरक्षा परिषदले सर्वसम्मत रुपले पारीत गरेको हो ।


साथै राष्ट्रसंघले कंगोका विद्रोही समुहलाई कुनै प्रकारको सहयोग उपलब्ध नगराउन उसका छिमेकी राष्ट्र तथा अन्तराष्ट्रिय समुदायसँग अपिल समेत गरेको छ । विद्रेहाीहरुले हिजो मात्रै देशको पुर्वी शहर गोमा नियन्त्रणमा लिएपछि राष्ट्रसंघले यो कदम चालेको हो ।


राष्ट्रसंघ सुरक्षा परिषदले कंगोमा जारी पछिल्लो तनाव मत्थर पार्न जुनसुकै हदसम्मको कदम उठाउन तयार रहेको समेत जनाएको छ । यसअघि कंगोको विद्रोही समुहलाई छिमेकी मुलुकहरु रुवाण्डा र बुरुण्डीले आर्थीक तथा सैन्य सहयोग गरेको आरोप कंगोले लगाँउदै आएको थियो ।

 

– Agencies