सरकारले एकपक्षीय रुपमा बजेट ल्याउँदै चुनावसमेत घोषणा गरेपछि विपक्षी दलहरु आक्रोशित

काठमाडौं । सरकारले एकपक्षीय रुपमा बजेट ल्याउँदै चुनावसमेत घोषणा गरेपछि आक्रोशित बनेका विपक्षी दलहरुले सरकारले ल्याएको बजेटको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । आज बसेको विपक्षी १८ दलको बैठकले बजेटले समस्याको समाधान दिनेभन्दा पनि झन् बल्झाउने काम गरेको भन्दै बजेट अस्वीकार गर्ने निष्कर्ष निकालेका छन् ।


यद्यपि, यसैलाई मात्र लिएर कडा आन्दोलनमा जाने मनस्थितिमा नरहेको नेताहरुले जनाएका छन् । सहमतिका लागि अझै पहल गरिने भन्दै नेताहरुले एमाओवादीले सहमति नचाहेकै हो भनेचाहिँ वारपारकै आन्दोलनमा जाने प्रतिक्रिया दिएका छन् ।
 
मंसिर ६ बाट वर्तमान सरकार कोमाको स्थितिमा पनि नरहने भएकाले चुनावका लागि नयाँ सरकार बनाउनुको विकल्प नभएको नेपाली कांग्रेस, एमालेसहितका १८ विपक्षी दलको ठहर छ ।
 
सरकारले सिफारिस गरेको बजेटसम्बन्धी अध्यादेश राष्ट्रपति डा. रामवरण यादवले स्वीकृत गरेपछि आर्थिक बर्ष २०६९