अर्घाखाँचीको ठाडामा फोर्स जीप दुर्घटना/१७ जना घाइते ८ को अबस्था गम्भीर

– शोभाखर पन्थी
 
अर्घाखाँचीको ठाडा रिपामा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।



 


अर्घाखाँचीको ठाडा रिपामा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।
 
सन्धिखर्कबाट बुटवल तर्फ जादै गरेको बा २ ख ७२६५ नम्बरको फोर्स गाडी र विपरित दिशाबाट संन्धिखर्क तर्फ आउँदै गरेको मोटर साईकल आपसमा ठोक्किदा गाडी सडकबाट करिव ४५ मिटर तल खसी दुर्घटना ग्रस्त भएको थियो ।
घाईतेहरु मध्ये ८ को अवस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपचारको लागी बुटवल पुर्याइएको छ ।गम्भिर घाईते हुनेमा संन्धिखर्क ९ का राम प्रसाद मरासिनी, खनदह ४ की रिता खनाल, गोखुङ्गा ४ का उदय आले मगर, गोखुङ्गा २ का गोपाल थापा, गोखुङ्गा ६ का धन बहादुर घर्ति, असुरकोट ५ का नारायण गैरे, गुल्मी भनभने ६ का पिताम्बर पन्थी र मोटर साईकल चालक खाचिकोटका प्रमोद ज्ञवाली छन् ।
अन्य घाईते हरुको इलाका स्वास्थ कार्यलय ठाडामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
 
Umakanta Pandey in Butwal and Pream Narayan Acharya in Arghakhanchi contributed to this report.
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।















अन्य समाचारहरु