सर्वोच्च अदालतद्धारा राष्ट्रपतिसँग सरकारले पठाएका अध्यादेशहरु रोकेको बारेमा कारण दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग सरकारले पठाएका अध्यादेशहरु किन रोकेको हो ? त्यसको कारण दिन आदेश दिएको छ । संविधान विपरित अध्यादेशहरु रोकेर राखेको भन्दै राष्ट्रपति डा. रामवरण यादवविरुद्ध परेको रिटमा न्यायाधीश सुशीला कार्कीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।


सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै उक्त रिटलाई अग्राधिकार पनि दिइएको छ । १५ दिनभित्र लिखित जवाफ दिन पनि विपक्षीहरुको नाममा आदेश जारी भएको छ ।


सरकारले ४ वटा अध्यादेश पठाएको लामो समय भइसक्दा पनि संविधान अनुसार अनुमादन नगरी आलटाल गरेको भन्दै अधिवक्ता उद्धवप्रसाद चौलागाईले हिजो रिट दायर गरेका थिए ।


रिटमा राष्ट्रपतिसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कानून तथा न्याय मन्त्रालयलाई पनि विपक्षी बनाइएको छ । सरकारले नेपाल स्वास्थ्य सेवा चौथो संशोधन अध्यादेश, शिक्षा अध्यादेश, सत्य निरुपण तथा मेलमिलाप अध्यादेश र केही नेपाल ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

– RSS