सुरक्षित मातृत्वमा सेवा बढाए वापत चितवनको झुवानी सामूदायिक पुस्तकालयले दशहजार अमेरिकी हडर राशीको पुरस्कार जितेको छ । बछ्यौली ड, स्थित पुस्तकालयले ग्रामिण महिलाको पाठेघर जोगाउने योजना प्रस्तुत गरेर अमेरिकामा पिफु च्वाईस अवार्ड जितेको हो ।
समूहका पाँचसय महिला परिचालन गरेर इन्टरनेट, भ्वाईस रेकर्ड र भिजुअल जस्ता सामाग्रीका माध्यमवाट विवाह गरेदेखि गर्भवति र सुत्केरीको ४५ दिनसम्म सुरक्षित मातृत्वको जानकारी दिने योजना पुस्तकालयकले अमेरिकामा प्रस्तुत गरेहेको थियो ।
झुवानी नेपालमै विभिन्न देशका नौ संस्थाहरुको सामूहिक संजाल वियोन्ड एक्सेसको आन्तर्राष्ट्रिय सदस्यता प्राप्त गर्न सफल नमुना पुस्तकालय हो । वियोन्ड अमेरिकामा गरेको इनोभेटिभ लाइब्रेरी क्याक्प नामक सम्मेलन अक्टुबर १, २, र ३ तारिखमा भएको थियो । भारत, भुटान सुहति ३९ मुलुकका पुस्ताकलय सहभागी रहेको सम्मेलनमा प्रस्तुत गरेको सूचना प्रविधि परिचालन गरी सुरक्षित मातृत्व सेवा विस्त ागर्ने योजना पुरस्कृत भएको हो ।
अनलाइन भोटिङले उच्च स्थान पाएपछि अवार्ड जित्न सफल भएको पुस्तकालय अध्यक्ष केशवराज आचार्यले वताउनुभयो ।