ईजिप्टका राष्ट्रपति मोहोमद मुर्सीले आफ्नो अधिकार बढाएपछि विपक्षीहरुले आन्दोलन घोषणा गरेका छन् । राष्ट्रपति मुर्सीले तानाशाही ढंगले अधिकार बढाएर वैधानीक शाशन प्रणाली विरुद्ध कु गरेको आरोप विपक्षीहरुले लगाएका हुन् ।
राष्ट्रपति मुर्सी नयाँ ढंगले ईजिप्टका तानाशाही सम्राट बन्न खोजेको आरोप लगाँउदै राजधानी कायरोमा आज विशाल प्रदर्शन गरिने भएको छ । यसले संक्रमणकालिन प्रजातान्त्रीका बाटोमा हिंडीरहेको ईजिप्टमा फेरी राजनीतिक तनाव र टकराव बढाएको छ ।