गैर कानुनीरुपमा चन्दा संकलन गरेको आरोपमा फ्रान्सको अदालतद्धारा पूर्व राष्ट्रपति सार्कोजीसँग बयान

गैर कानुनीरुपमा चन्दा संकलन गरेको आरोपमा फ्रान्सको एक अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीसँग १२ घण्टा बयान लिएको छ । चुनाव प्रचारको क्रममा फ्रान्सकी धनाढ्य महिला लिलियान बैटनकोर्टसंँग चन्दा मागको आरोपमा साकोर्जीसँग बयान लिइएको हो ।


सन् २००७ को राष्ट्रपतिय निर्वाचनको प्रचारप्रसारका क्रममा बैटनकोर्टसंग सार्कोजीले १ लाख ५० हजार युरो लिएको बैटनकोर्टका एक कर्मचारीले सार्वजनिक गरेपछि चन्दा प्रकरण बाहिर आएको हो ।


सन् २०१७ मा हुने राष्ट्रपतिय निर्वाचनमा पनि दाबेदारी प्रस्तुत गर्ने तयारीमा रहेका सार्कोजीमाथिको आरोप सावित भएमा उनले निर्वाचन लड्न पाउने छैनन् । फ्रान्समा चुनाव प्रचार प्रसारका लागि कुनै पनि ब्यक्तिले ४ हजार ६ सय युरो सम्म मात्र चन्दा लिनसक्ने प्रावधान छ ।

 

– एजेन्सी