गजल: प्रेम

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 

 मुटु मेरो आज साह्रै चर्किएर दुख्यो  
रुदै आसु पिउदा झनै सर्किएर दुख्यो
भोगाइका पिडा सम्झी बेहोसिमै ढलेछु 
थक्कर लाग्दा कम्मर मर्किएर दुख्यो
खुशी खोज्दै यहाँ उहा भौतारिदै हिंडे
उनै दुखका बेथा फेरी फर्किएर दुख्यो
स्त्री पुरुष एक रथका दुई पाङ्रा मानी
साथ माग्दा उनी तेसै झर्किए;र दुख्यो
एक्लै थिए एक्लै रहे गन्तब्यमा पुग्दा
प्रेम त्रिस्ना जवानी न;लर्किएर दुख्यो