अर्घाखॉचीमा एमालेको एकादशी मेला कार्यक्रम, सहमतिको बाधक एमाओवादी रहेको आरोप

– गणेश खनाल

 

सन्धिर्खक, अर्घाखॉची । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व स्थानीय विकास मन्त्रि राजेन्द्र पाण्डेले एकिकृत नेकपा माओवादीका कारण सहमति हुन नसकेको बताउनुभयो ।

 


 

एमाले अर्घाखॉचीले सन्धिर्खकमा शनिवार गरेको सास्कृतीक कार्यक्रम तथा सभामा बोल्दै नेता पाण्डेले माओवादी जसरी पनि सत्ता कव्जा गर्ने दाउमा रहकाले सहमति हुन नसकेको दावी गर्नुभएको हो ।


माओवादीले सत्ताका लागी नेपाल राष्टलाई भारतलाई सुम्पिन सम्म सक्ने भएकाले बर्तमान सर्वसत्तावादका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्नुभयो ।


आफुलाई सविधानको जन्मदाता बताउने एमाओवादीकै कारण सविधान सभा विघटन भएको आरोप लगाउदै, उहाले माओवादी कम्युनिष्टको नाममा कुनै देशबाट सञ्चालित एक गिरोह भएको समेत आरोप लगाउनुभयो ।


माओवादी अध्यक्ष् प्रचन्ड राष्टपति वन्नका लागी नेपालको सबै अस्तित्वलाई बेच्न तयार रहेको पाण्डेको भनाई थियो । उहॉले काग्रेस र एमाओवादीलाई राजनितीक मुलधारमा ल्याउन एमालेले ठुलो मुल्य चुकाउनु परेको बताउनुभयो । 

 

कार्यक्रमा मन्तव्य राख्दै एमाले केन्द्रिय बैकल्पिक केन्द्रिय सदस्य ठाकुर गैरेले माओवादीका अध्यक्ष प्रचन्डको हैसियत एमाले कुनै केन्द्रिय सदस्य बराबराको नभएको दावी गदै आउदो चुनावमा एमालेको सामन्य नेताले हराउने जिकिर गर्नुभयो । बर्तमान सरकारले जनताको नाममा राष्टको ढुकुटी रित्ताउदै गएको बताउनुभयो । अर्घाखॉचीमा एमालेले एकादशीको मेलामा सधै कार्यक्रम गदै आएको छ ।

 



यस्तै आज अर्घाखॉचीमा एकादशीको मेलामा श्रद्धालु भक्तजनको ठुलो घुईचो लागेको थियो । मेलामा देउसी भैलो खेल्ने, तथा तलाउ, खोलामा नुहाउने भत्तजनको विहान देखी नै घुईचो लागेको थियो ।

 

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।








अन्य समाचारहरु