– कृष्ण खनाल
बुटवल – एमाओवादीका नेता कृष्णबहादुर महराले राष्ट्रपतिले दिएको समयसिमाभित्रै सहमतिमा पुगिने र समयसीमाभित्रै सहमतिको सरकार बन्ने दावी गर्नुभएको छ ।
उहाँले राष्ट्रपतिको वक्तब्य र प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय सहमतिको पक्षमा भएको बताउनुभयो ।
शनिबार बुटवलमा सम्पन्न क्रान्तिकारी पत्रकार संघ नेपाल अवद्य मधेश राज्य समितिको तेस्रो सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महाराले सरकार राष्ट्रिय सहमतिको बाधक नभएको र राष्ट्रपतिले आफ्नो हातमा शक्ति केन्द्रित गर्ने उद्देश्यले कदम चालेको भए त्यो गलत हुने बताउनुभयो ।
सरकार गठनका लागि एकहप्ताको समयसीमासहित राष्ट्रपतिले गरेको आह्वानप्रति सरकारले आपत्ति जनाएका बेला सरकारको नेतृत्व गरेको दल एमाओवादीका नेता महराले राष्ट्रपतिको आव्हानलाई सकारात्मकरुपमा लिनुभएको हो ।
नेता महराले मुलुक निकै खतरनाक स्थितीमा रहेको चर्चा गर्दै दलबीच सहमति नभए प्रतिगामी शक्तिले चलखेल गर्ने दावी गर्दै सहमतिको सरकारका निम्ति तीनवटा विकल्पसमेत प्रस्तुत गर्नुभयो । राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै महराले त्यसो नभए आफ्नो पार्टीको नेतृत्व र त्यो पनि नभए दलहरुकै सहमतिमा नेतृत्व तय गर्न सकिने बताउनुभयो ।
पूर्व सञ्चारमन्त्रीसमेत रहनुभएका महराले राजनीतिक परिवर्तनका लागि मिडियाले ठूलो भूमिका खेले पनि राज्यबाट संरक्षण पाउन नसकेको स्वीकार गर्दै भन्नुभयो