– प्रेमनारायण आचार्य
अर्घाखाँची । गुल्मीको तम्घासबाट बितरण हुदै आएको पेनसन आउने समय देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट भारतीय भुतपुर्ब सैनिकहरुको पेनसन बितरण हुने भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा अर्घाखाँची र गुल्मीका प्रमुख जिल्ला अधिकारी सहित भारतीय भुतपुर्ब सैनिकहरुको सर्बपक्षिय छलफलमा आउने समउ देखि भारतीय भुतपुर्ब सैनिकहरुको पेनसन बितरण गर्ने सहमति भएको हो ।
अर्घाखाँची जिल्लामा रहेका भारतीय पेन्सनरहरुको समस्या समाधानकालागि दुइ जिल्लाका सारोकारवालाको छलफलले पेन्सन पटा तथा नागरिकताको प्रमाणपत्रमा नामथर फरक हुन गइ पेन्सन प्राप्त गर्न नसकेका पेन्सनरहरुको समस्या छिटो भन्दा छिटो समाधान गरि पेन्सन उपलब्ध गराउने तर्फ सकारात्मक पहल गरि पेनसन उपलब्ध गराउने सहमति पनि गरेको छ ।
छलफलमा भारतीय दुताबासका डिए कर्नेल अजय पास बोला , अर्घाखाची जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेल, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, भुपु सैनिक संघ अर्घाखाँचीका अध्यक्ष गोपालसिंह अर्याल, केन्द्रिय सदस्य श्यामनाथ कास्यप, पबिलाल पाण्डे, नीमबहादुर रिजाल, सुन्दरसिंह ठकुरी, दुर्गाबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।