– सागर कुवर
आज देशमा राजनीतिक समस्या जटिल बन्दै गएको छ वा एक प्रकारको राष्ट्रिय संकटको समस्या उत्पन्न भएको छ । राजनीतिक दलहरुका बिचमा बढ्दो दुरीका साथै उनीहरुमा भएको सत्ता लिप्साको समस्याका कारण देश अन्योलको भुमरीमा फसेको छ । अहिले एकिकृत माओवादी जबरजस्त देशमा अधिनायकवादी शाशन लाद्न सबै प्रकारका हथकण्डाहरु अपनाएको छ । कामचलाउ सरकारले कार्यकारी सरकारको जस्तो कार्यशैलि अपनाएको छ । सामन्यतः देशको राजनीति आज राजनीतिक मुल्य मान्यताका आधारमा होइन कि विदेशीको इशारामा चलिरहेको छ । संविधानसभाको विघटन पश्चात देशमा चुलीदैं गएको राजनीतिक खाडल गहिरिदैं गएकोमा अब कुनै शंका रहन्न । जनताका आधारभुत समस्याहरुलाई पूर्णरुपमा नजरअन्दाज गरिएको वर्तमान घृणित राजनीतिमा देश पिडाले छटपटाइरहको छ । सहमतिको नाममा देशमा मुठभेडको अवस्था सृजना हुने सम्भावाना प्रवल बन्दे गएको छ ।
आज देशमा जुन प्रकारका समस्याहरु उत्पन्न भएका छन, ति समस्याहरु मुख्यतः आफुलाई ठुला राजनीतिक दलहरु बताउने शक्तिका कारण नै उत्पन्न भएका हुन र विषेश गरेर एकिकृत माओवादीको चरम प्रकारको सत्ता लिप्साको अवसरवादी राजनीतिका कारण देशमा उत्पन्न समस्याहरुको समाधान हुन सकेको छैन । देशमा वैदेशिक हस्तक्षेपले सिमा नाघेको छ । आर्थिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक रुपमा साम्राज्यवादी हस्तक्षेप बढेर गएको छ । तर राजनीतिक दलका नेताहरु केवाल सत्ताको लागि मात्र हानथापमा भुलिरहेका छन । यो उराठ लाग्दो राजनीतिक अवस्थाबाट देशका युवा शक्तिहरु दिन दिनै पलायन हुन बाध्य भैरहेका छन । देशमा शान्ति शुरक्षाको प्रत्याभुतिको कुनै अनुभुति नै गर्न पाएका छैनन् जनताले । यसरी देशमा अशान्ति तथा अराजकताको सुनामी आइरहेको छ ।
आज देशमा एमाओवादीले अपनाएका गलत नीति तथा माओवादीका गलत नीतिका अगाडि कांग्रेस एमालेहरुको दब्बुपनाको नीति वा माओवादी प्रतिको उनिहरुको बढी विश्वासका कारण राष्ट्रिय सहमति दुर बन्दै गएको छ । बाबुराम सरकार माओवादी अधिनायकवादको सपनामा रमाएर विदेशिहरुको गुलाम गर्न व्यस्त छ, भने त्यस प्रकारको बाबुरामको व्यस्ततामा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस एमालेलाई विरालोले मुसा खेलाए जस्तो खेलाइरहेका छन भने कांग्रेस एमाले प्रचण्डको उधारो सहमतिको नामको विश्वासमा रनभुल्ल छन । समस्या यहि निर नै केन्द्रित भएको छ ।
नेपालको राजनीतिक इतिहासमा माओवादीले समय र परिस्थिती अनुसार नीतिहरु निर्माण गरेको कमै मात्रमा पाइन्छ । देशको समस्याको समाधानमा भन्दा पनि दलिय स्वार्थलाई माथि राखेर नै माओवादीहरुले आफ्ना नीति तथा कार्यक्रमहरु सार्वजनीक गर्ने गर्दछन । अर्को तर्फ कांग्रेस एमाले देशको समस्याको ठोस विश्लेषणको आधारमा होइन कि कांग्रेस एमालेलाई कति फाइदा वा घाटा के हुन्छ भन्ने आधारमा उहि दलिय स्वार्थमा नै उनीहरुका नीतिह्र तय गर्ने गर्दछन । यो उत्ताउलो राजनीतिको अनकन्टार भुमरीमा देश फसिरहेको छ । न त देशमा शक्तिशाली आन्दोनको आवाहन गरिन्छ न त देशमा कुनै समस्याको समाधान निस्कने सहमति गरिन्छ , केवल पुनः बैठक बस्ने उधारो सहमति मात्र गरिन्छ । यसरी राजनीतिले गलत बाटो लिदै गएको छ वा राजनीतिक संस्कार गलत बस्दै गएको छ ।
अहिलेका समस्या समाधान गर्न मुख्य गरेर एकिकृत माओवादीले नै चाहेको छैन । संविधानसभाको चुनाव भएमा माओवादीको शक्ति गुम्ने खतरा स्पस्टस