गजल: जीवन

आश्चार्य प्रभा
क्लोराडो अमेरिका


आधा रहर फुलेपछी जीवनमा आयौ
संगीत दिलको थुनेपछी मीठो गीत गायौ
 
कहाँ हुन्छ ओंठ्मा हाँसो मरेपछी मन
बैश रित्तै भएपछी चोखो माया लायौ ।
 
समयको खहरेमा सुकिगयो जीवन
पत्झड् बनी झरेपछी शीत बनी छायौ ।
 
उमङ र उत्साहको मासिगयो बोट
उजाड यो बुट्यानबाट तिम्ले के नै पायौ ?
 
भन्दैछु म रहर तिम्रो क्षणभरको आवेश्
साँचो कुरा भन्दा भन्दै कसम तिम्ले खायौ ।