राष्ट्रपतिको निर्णय विरुद्ध कतै प्रश्न उठाउन नपाउने ईजिप्टका राष्ट्रपतिको घोषणा विरुद्ध त्यहाँका न्यायाधिशहरुपनि प्रदर्शनमा उत्रेका छन् । राष्ट्रपति स्वेच्छाचारी बन्दै एकाधिकार लाद्न खोजेको आरोप उनीहरले लगाएका छन् ।
आफ्नै अधिकार बढाउने राष्ट्रपतिको निर्णय विरुद्ध ईजिप्टका सबै न्यायाधिशहरु हड्तालमा उत्रिएका हुन् । राष्ट्रपतिको घोषणा समग्र न्यायापालिका विरुद्धकै हस्तक्षेपकारी आक्रमण भएको ठहर न्यायाधिशहरुको छ ।
ईजिप्टको शक्तिशाली मुस्लीम ब्रदरहुडको समर्थन प्राप्त फ्रिडम एण्ड जस्टीस पार्टीले पनि राष्ट्रपतिको घोषणा विरुद्ध आन्दोलन थालेको छ । ईजिप्टका राष्ट्रपति मोहोमद मुर्सीले हालै आफ्ना निर्णय उपर कानुनी प्रश्न उठाउन नपाउने अध्यादेश जारी गरेका थिए । ईजिप्टमा नयाँ संविधान लेखन प्रक्रियालाई समेत यो अध्यादेशले प्रभावित पार्ने बताईएको छ ।