बेलायतमा भारी बर्षापछी आएको बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै जनजीवन अस्तब्यस्त बनेको छ । बेलायतको दक्षिण पश्चिमी क्षेत्र बाढीबाट बढी प्रभावित बनेको छ । बाढीका कारण अधिकांश घरहरु डुबानमा परेका छन् । कयौं सवारी साधनहरु पनि पुरिएकाले यातायात सेवा अवरुद्ध बनेको छ । भारी बर्षा एक सातासम्म रहने र यसले थप क्षति पुर्याउन सक्ने भन्दै बेलायती अधिकारीहरुले १ सय ६० वटा शहरमा उच्च सतर्कता अपनाउन सल्लाह दिएका छन् ।
बाढीबाट वेल्स पनि नराम्ररी प्रभावित भएको छ । बाढीसँगै ८६ माईल प्रतिघण्टाको बेगमा आएको आँधीले जनजिवनलाई थप अस्तव्यस्त पारेको छ ।