बंगलादेशको राजधानी ढाकास्थित कपडा कारखानामा लागेको आगलागीमा १ सय २५ जनाको मृत्यु

Members of the police inspect a garment factory after a fire in Savar

 

ढाका, बंगलादेश – बंगलादेशको राजधानी ढाकास्थित एक कपडा कारखानामा शनिबार राति लागेको आगलागीमा १ सय २५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय अग्नि नियन्त्रक प्रमुखलाई उद्धृत गर्दै एएफएपी संवाददाताले जनाएअनुसार १ सय १२ जनाको शव संकलन भइसकेको छ । ‘हामीले १ सय १२ शव उद्दार गरिसक्यौं,’ अग्नि बाहिनी महानिर्देशक ब्रिगेडियर जनरल अबू नइम मोहम्मद साहिदुल्लाहले भनेका छन् ।


स्थानीय प्रहरीका अनुसार ताज्रीन फेसन उद्योगको गोदाम बाहिरबाट आगो उठेको थियो । घटनास्थल राजधानी ढाकादेखि ३० किलोमिटर उत्तरमा पर्दछ । माथिल्लो तलामा रहेका कारखामा कामदार बढी रहेकाले उनीहरु भाग्न नपाएको बताइएको छ ।

 

– Agencies