काठमाडौ – विपक्षी गठबन्धनले राष्ट्रपति सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले गरेको आह्वानलाई सकारात्मक भन्दै त्यो संविधानसम्मत भएको दावी गरेको छ ।
विपक्षीले उक्त कदमलाई स्वागत गर्दै मसिंर १५ र १६ गतेका लागि तय गरिएको आन्दोलनका कार्यक्रम स्थगित समेत गरेको छ ।
एमाले मुख्यालय बल्खुमा आइतबार बसेको बैठकले राष्ट्रपतिको आह्वानलाई सकारात्मक रुपमा लिएर सहमतिका लागि अग्रसर हुन एमाओवादी र मधेसी मोर्चा लगायतका दललाई आग्रह समेत गरेको छ । ‘राष्ट्रपतिज्यूको आह्वानलाई गलत ढंगले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र आलोकतान्त्रिक कार्य हो’, बैठकपछि १६ दलद्वारा जारी विज्ञप्तीम भनिएको छ ।
राष्ट्रपतिको उक्त कदमले दलहरुलाई निश्चित समयभित्र सहमति कायम गर्दै सहमतीय सरकार गठन गरी समस्या समाधानका लागि प्रेरित गर्ने विज्ञप्तीम दावी गरिएको छ ।
– RSS