अरु सबै पार्टीसँग पुरानै एजेण्डा मात्र भएको र आफ्नो पार्टीसँग मात्रै नयाँ एजेण्डा भएकाले आफ्नो पार्टीलाई सरकारको नेतृत्व दिइए राजनीतिक गतिरोध अन्त्य हुनसक्ने उनको भनाइ थियो ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समयसीमा भित्र दलहरुले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम दिन नसक्ने ठोकुवा उपाध्यक्ष गजुरेलले गरे ।
उनले भने, “राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरुले प्रधानमन्त्रीको नाम दिन सक्दैनन्। त्यसपछि एमाओवादीले वर्तमान प्रधानमन्त्री यथावत रहिरहने दाबी गर्ने र राष्ट्रपतिले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्ने अवस्था देखिएको छ। यी दुवै कार्यमा हाम्रो सहमति हुन सक्दैन।”
राष्ट्रपतिको आह्वान आइसकेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले मार्गप्रशस्त गर्दा नै उपयुक्त हुने उनले बताए। रासस