भारतको मुम्वईमा आतंकवादी हमला भएको आज चार वर्ष पुगेको छ ।
मुम्वई हमलामा एकमात्र जिवित अभियुक्त अजमल कसावलाई फासी दिइसकेको अवस्थामा सम्भावित आक्रमणलाई ध्यानमा राखी मुम्वईभर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।
कसावलाई फाँसी दिएपछि तालीवानी विद्रोहीले भारतमा जुनसुकै बेला पनि आतंकादी हमला गर्ने धम्की दिएको थियो ।
कसावलाई केही दिन अघि मात्र फाँसी दिएको थियो ।
सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई हमलामा परी १ सय ६६ जनाको मृत्यु भएको थियो ।
– Agencies