झोलामा राहदानी बोकेर कतारमा भौतारीदै अर्घाखाँचीका कुँवर

– पशुपती श्रेष्ठ

 

दोहा, कतार  ।  विदेशमा गएर आफ्नो जीवनलाई रङिन बनाएर परीवारलाई खुशि राखौला भनि विदेशिएका नेपाली लाखौ छन्।

 


अर्घाखाँची डिर्भना ३ का चेतन कुवँर।

 

स्वदेशमा रोजगारीको अवसर नमिले पछि अन्तिम गन्तव्य  बनेको छ विदेश तर विदेशमा भने दिनहु नेपालीहरु दुख र पिडाको समाचारका पात्र बनेको पत्रपत्रिका तथा अनलाईनमा पढन पाईन्छ। यस्तैमा पनि अर्घाखाँची डिर्भना ३ का चेतन कुवँर पनि पिडित समाचारका पात्र बनेका छन्। २० महिना पहिले आफ्नै अंकलको छोरा दाजु पर्नेले ८०  हजार लिएर एक कम्पनिमा अपिस ब्याएको रुपमा कतार आएका कुवँर  अहिले अलपत्र परेका छन्।

 

 नेपालमा भने अनुसार काम र कम्पनि नभएपछि जसोतसो ६ महिना गैची बेल्चा चलाउने काम गरेका उनले मात्र ६००  रीयल कमाएको बताए। पाकिस्तानि मालिक रहेको कतारको एक स्थानिय बिल्डिङ कन्ट्रक्सन सप्लाई कम्पनिमा परेका कुवँर  कम्पनि सप्लाई भएता पनि अहिले आएर बन्द भएपछि उनि अलपत्र परेका हुन्।

 

चालिस पचास कामदार रहेको कम्पनीमा अन्य नेपाली पनि कार्यरत सो कम्पनी बन्द भएपछी अन्य कामदार घर फर्किए तर मलाई रिलिज दिन्छु भनेपछी म साथीहरु सँग घर फर्किन पछी रिलिजकै लागि दुई हजार मागे पछी  आफ्नो आफ्न्त बाट मागेर  कम्पनिलाई दुई हजार रियल पनि दिए| तर आज न त रिलिज दियो न त घरनै पठाउछ|  दुई महिना पहिले बोलाएर हातमा पास्पोर्ट दिदै|यो पास्पोर्ट लिएर  सीआइडी जा तलाई घर पठाउछ भनी मालिक गयो |

 

म पास्पोर्ट लिएर  नेपाली दुतवास गएर सिआइडी पेपर बनाइ  चार पटक सिआइडी पुगे तर केही लागेना मालिकलाई फोन गरी म कसरी जाने मलाई बाटो दे भन्दा आज भोली फोन काटीदिन्छ |   झोला भित्र पास्पोर्ट बोकेर कहिले दुतवास त कहिले सिआइडि त कहिले समाजसेवी खोज्दै दोहाको गल्ली गल्लीमा घुमेको छु तर केही शिप लागेना  कुवरले भने, कतारमा  रहेको अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डेले समाजले कानुनी प्रकृया बुझेर घर फिर्तीका लागि पहल गर्ने बताए पनि तर  केही सहयोग नपाएको दुखेसो पोखे, आज भोली त दुतवासले पनि हात लुकाउन खोज्छ दुतवासका एक कर्मचारीले पहल गर्छु भने पनि आज मैले यो काम गर्दिन भन्दै अर्कै दुतवासकै कर्मचारी सँग जान भने पछी , अब घर जान नपाउने भए भनी गहभोरी आसुँ लिदै चिन्तित देखिएका कुँवर ले   कुटनितिक पहल गरिदिन समाजसेवी,बुद्दीजिवी,राजनितिज्ञहरुलाई अनुरोध गरेका छन|

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु