पूर्व सहसचिव राजभण्डारी भ्रष्टाचारी ठहर

विशेष अदालतले आफ्नो पुरानो फैसलालाई उल्टाउँदै पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ ।


अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राजभण्डारीले २ करोड ९३ लाख १५ हजार ३ सय ७ रपैयाँ ८३ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै १ वर्ष कैदको फैसला सुनाएको हो ।