प्यालेष्टाइनी नेता यासिर अराफातको मृत्युबारे अनुसन्धान गर्न उहाँको शव चिहानबाट निकालिएको छ ।
प्यालेष्टाइनका अधिकारीहरुले अराफातको शव पश्चिम किनाराको रमाल्लाहबाट निकालिएको जनाएका छन् ।
स्वीजरल्याण्ड, फ्रान्स र रुसका विशेषज्ञहरुले शवबाट हड्डीको नमुना लिएर आ आफ्नो देशमा थप परिक्षण गर्ने बताइएको छ । अनुसन्धानका लागि केही महिना लाग्ने अधिकारीहरुले जनाएका छन् । स्वीस विज्ञहरुले अराफातको शवमा रेडियोधर्मी पदार्थ पोलोनियम