काठमाडौं । २०६८ सालको राष्ट्रिय जनगणनाले ६५ दशमलव ९ प्रतिशत नेपाली साक्षर रहेको देखाए पनि लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको सरोकारवालाहरुले वताएका छन् । शिक्षा पत्रकार सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले १० वर्षको अवधिमा लगानी र अपेक्षा अनुसार साक्षरता दर बढ्न नसकेको वताए ।
शिक्षामा विगत १० वर्षमा २ खर्ब ६५ अर्ब २८ करोड रुपैयाँ लगानी भएको र लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको उनीहरुको भनाई थियो ।
दश वर्षको अवधीमा ११ दशमलव ८ प्रतिशतले मात्र साक्षरता दर बृद्धि भएको देखिएको छ ।