प्रधानमन्त्रीद्धारा राजधानीलाई हरियाली शहर बनाउन उपत्यकाबासीलाई आग्रह


 

 भक्तपुर । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पर्यावरण संरक्षणका लागि क्रियाशील हुन काठमाडौ उपत्यकाबासीलाई आग्रह गर्नुभएको छ ।

 

भक्तपुरको लोकन्थलीमा शहरी बृक्षारोपण शुभारम्भ गर्दै उहांले शहरीकरणका कारण बढ्दो वातावरण विनास रोक्न ब्यापक मात्रामा बृक्षारोपण गर्न आग्रह गर्नुभयो ।

 

नयां नेपाल निर्माणको महत्वपूर्ण कदम बृक्षारोपणबाट शुरु गरौं भन्दै उहांले प्रत्येक व्यक्तिले आफ्नो घर अगाडि १५ वटा बिरुवा विरुवा लगाएर वातावरण संरक्षण अभियानलाई साथ दिन आग्रह गर्नुभयो ।

 

 राजमार्गमा हरियाली विकास गर्न भक्तपुरको मनहरादेखि सूर्य बिनायकसम्म १ हजार ५ सय वटा बिरुवा रोपिएका छन् ।

 

– RSS