काठमाडौं । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक डिआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।
एआईजीमा बुढुवा हुनेहरुमा रमेशविक्रम शाह, दिनकर शम्सेर जबरा, पुष्कर रेग्मी, विनोद सिंह र गंगा पाण्डे छन् ।
त्यसै गरी मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा मदन खरेल र केन्द्रीय बाल समितिको अध्यक्षमा मनोजकुमार कडेललाई नियुक्ति गरेको छ ।
यस्तै बैठकले जनक शिक्षा सामाग्री केन्द्रमा अनिलकुमार झालाई नियुक्त गरेको छ । सरकारले सुरक्षा मामिलाबारे वार्ता गर्न शसस्त्र प्रहरी महानिरिक्षकको नेतृत्वमा एक टोली भारत पठाउने निर्णय पनि गरेको छ ।
– Agencies