अल कायदा प्रमुख बिन लादेनलाई खोज्न सीआईएलाई सहयोग गर्ने पाकिस्तानी डाक्टरद्धारा जेलमै भोक हड्ताल शुरु

अल कायदा प्रमुख ओसामा बिन लादेनलाई खोज्न अमेरिकी गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने पाकिस्तानी डाक्टर शकिल अफ्रिदीले जेलमै भोक हड्ताल शुरु गरेका छन् ।

 

डा शकिलका भाई जमिल अफ्रिदीले आफ्ना दाजु जेलभित्रै भोक हडतालमा रहेको जानकारी दिएका छन् ।  डा शकिल प्रतिबन्धित चरपन्थी संगठनसंग सम्बन्ध राखेको आरोपमा ३३ वर्षको जेल सजाय दिईएको भए पनि सीआईएलाई सहयोग गरेकोले नै उनलाई यो सजाय दिएको मानिएको छ । पेशावरको केन्द्रीय जेलमा सजाय काटिरहेका शकिलले यही साता देखी आफु विरुद्ध दुव्र्यवहार भएको भन्दै भोक हड्ताल शुरु गरेको बताइएको छ ।


गत सेप्टेम्बरमा अमेरिकाको फक्स न्यूजलाई जेलबाटै फोनको माध्यमले अन्तर्वाता दिएपछि उनीमाथि दुव्र्यवहार शुरु भएको शकिलका भाईले दाबी गरेका छन् । तर जेल प्रशासनले भने शकिलको भोक हड्तालको विषयमा जानकारी नभएको भन्दै उनलाई पूरा सुरक्षा दिएर राम्रोसंग राखिएको जनाएको छ ।

 

 डा शकिलले नक्कली भ्याक्सिन अभियानको आडमा पाकिस्तानको एवोटावादमा लुकेर बसेका लादेनको परिवारको डिएनए नमुना लिएर अमेरिकालाई सहयोग गरेको आरोप लगाइंदै आएको छ । तर शकिलले भने लादेनको मृत्यु सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको दाबी गरेका छन् ।

 

– Agencies