नेकपा-माओवादीले विघटित संविधानसभामा आफ्नो दल तेस्रो भएको दावीसहित ९१ जना पूर्व सभासदको नामावली राष्ट्रपतिलाई बुझायो

काठमाडौं  । नेकपा-माओवादीले विघटित संविधानसभामा आफ्नो दल तेस्रो भएको दावीसहित ९१ जना पूर्व सभासदको नामावली राष्ट्रपतिलाई बुझाएको छ । एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई प्रमुख चार शक्ति भनेको र उनीहरुकै सिफारिशमा राष्ट्रपति अघि बढेको भन्दै माओवादीले आपत्तिसमेत जनाएको छ ।

 

आज बिहान राष्ट्रपति डा. रामवरण यादवलाई भेट गरी माओवादी नेताहरुले बृहत राजनीतिक सम्मेलनबाट मात्र वर्तमान संकटको निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण समेत गराएका छन् । आफूहरु हिंसात्मक आन्दोलनको पक्षमा नभएको भन्दै माओवादी नेताहरुले तेस्रो दलको मान्यता दिन राष्ट्रपतिसँग आग्रह गर्दै आफूहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी गराएका छन् ।

आफूहरुको न्यायोचित कुराको सुनुवाई नभए आन्दोलनमा जाने चेतावनी राष्ट्रपतिलाई माओवादीले दिएको छ । यद्यपि, माग पूरा गर्न केही समय कुर्ने माओवादी नेताहरुले भेटपछी जानकारी दिए ।


नेकपा