संयुक्त राष्ट्रसंघले प्यालेस्टाईनलाई गैरसदस्यीय पर्यवेक्षक राज्यको हैसियतमा बढुवा गरेको छ । यसअघि पर्यवेक्षकको हैसियतमा रहेको प्यालेस्टाईन अबदेखि भने राष्ट्रसंघको नन मेम्बर अब्जर्भर स्टेटको हैसियतमा रहने भएको हो । नन मेम्बर अब्जर्भर स्टेटको लागि प्यालेस्टाईनले ल्याएको प्रस्तावमा राष्ट्रसंघ महासभामा मतदान हुँदा प्यालेस्टाईनको पक्षमा १ सय ३८ र विपक्षमा ९ भोट परेको थियो । इंग्लण्ड, जर्मनीलगायतका ४१ राष्ट्र भने मतदानमा अनुपस्थित रहे ।