सहमतीय प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट दोस्रो पटक सात दिनको म्याद पाएका दलहरुबीच अझै पनि कुनै गम्भीर वार्ताहरु हुन सकेनन्।
एकाध नेताबीच टेलीफोनमा सामान्य कुराकानी भए पनि त्यसबाट कुनै उत्साहजनक संकेत नआएको नेताहरुले बताएका छन्।
दलहरुबीच यस्तै अवस्था जारी रहे थपिएको समय पनि परिणामविहीन हुन सक्ने आशंका कतिपय नेताहरुले व्यक्त गरेका छन्।
दलहरुकै आग्रहमा राष्ट्रपतिबाट दोस्रो पटक म्याद थपिएको भोलिपल्ट शुक्रबार शीर्ष नेताहरुले गम्भीर वार्ताहरु गर्न सक्ने अपेक्षाहरु बढेका थिए।
तर काँग्रेस सभापति सुशील कोईराला र मधेशी जनाधिकार फोरमका नेता उपेन्द्र यादवबीच भएको छलफल र एकाध नेताहरुबीच टेलीफोनमा भएको सामान्य कुराकानी बाहेक थपिएको एक दिन त्यत्तिकै गुज्रिएको छ।
एमाले नेता भिम रावलले भने,