काड्ग्रेसको नेतृत्वमा सहमतीय सरकार: बोहोरा

– कृष्ण खनाल

 

बुटवल, मंसिर१६ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहोराले काड्ग्रेसको नेतृत्वमा सहमतीय सरकार बन्नु पर्ने बताउनु भएको छ ।

 

गृह जिल्ला आउनु भएका बोहोराले् पत्रकार हरु संग कुराकानी गर्दै सहमतीमा सरकार नबने त्यस पछि हुने सबै प्रकारका घटनाहरुको दोसी मुलुकको ठुलो पार्टीको हैसियतले एमाओबादीले लिनु पर्ने बताए। सहमतीको अन्यौलको अवस्था रहीरहदा अन्य शक्तीहरु सल्बलाउनु जायज रहेको बताउदै महामन्त्री बोहोराले मुलो शक्तीका हिसावले जिम्मेवारी एमाओबादीको आउने बोहोराले बताए ।

 

एमाओबादी जुन अवस्थामा जगल गएको हो त्यो अवस्था आई सकेको बोहोराले बताए । सहमतीका लागी राष्ट्र्पतिले दबाव दिदा राजा ज्ञानेन्द्रको हालत बनाउछौ भन्दै एमाओबादीले गरेको टिप्पणी गलत भएको बताउदै महामन्त्री बोहोराले माओबादीले मुलुकलाई अन्योलको अवस्थामा धकेल्न नहुने बताए । एमाओबादीले सत्ता कब्जा गर्नको लागी जे जस्तो राजनीती पनि गर्न सक्ने उनले बताए ।

 

प्रतिपक्षी दलहरुमा सर्बदलीय सरकारको् कुरा भएतापनि राप्रपाको आप्नौ भनाई ततस्ट ब्याक्तीको नेतृत्वमा सरकार बनाए पनि पाटी सहमत हुने बोहोराले बताए ।