महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा अनेमसंघ अर्घाखाँचीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

– पार्वता श्रेष्ठ ,



महिला विरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्य गरौ,हिंसामुक्त मर्यादित र सभ्य समाजको निर्माण गरौ भन्ने मूल नारा लिई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस नोभेम्बर २५ को र्सर्न्दभ पारेर यो वर्षअखिल नेपाल महिला संघ केन्द्धिय समितिले नेपालमा एक महिने जनचेतना र जागरणमूलक कार्यक्रम गर्ने निर्णय अनुसार अनेमसंघ अर्घाखाँची जिल्ला समितिले पनि गाँउगाउँमा विभिन्न कार्यक्रम गरि यो अभियान मनाएको छ । 



यसै र्सर्न्दभमा अखिल नेपाल महिला संघ २ न. क्षेत्रीय समितिको आयोजनामा क्षेत्र न.२ को ठाडा गाविसमा महिला हिंसा विरुद्ध विभिन्न सरोकारवाला सँग एक दिने अन्तरक्रिया कार्यक्रम ठाडामा मसिंर १५ गते सम्पन्न गरेको छ । 



प्रमुख अतिथी अनेमसंघका केन्दिय सदस्य विजुला रायमाझीले अभियानको औचित्य ,सार्न्दभिकता,महिला हिंसाका प्रकारको बारेमा कार्यपत्र प्रस्तुत गर्दै हिंसा मुक्त र सभ्य समाज निर्माण गर्न अनेमसंघका सम्पूर्ण कार्यकर्ता नै अग्रसर भई लाग्न आवह्रन गर्नु भएको थियो । 



यसरी कार्यक्रममा मन्तव्य राख्नेहरुमा अनेमसंघ जिल्लार् इर्न्चाज इस्वरा पोख्रेल,अनेमसंघ जिल्ला उपाध्यक्ष इन्दिरा आर्चाय,सदस्य लक्ष्मी भाट ,नेकपा एमाले जिल्ला कमिटी सदस्य काशी आर्चाय, नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य धन बहादुर राना,ठाडा गाँउ कमिटी अध्यक्ष ज्योति आर्चाय, मुक्तिसमाजका जिल्ला सचिव भरत वि.क.नेपाल राष्ट्रिय शिक्षा संगठनबाट राम प्रसाद बेल्बासे लगायतले आ-आफनो  विचार व्यक्तत गर्नु भएको थियो । 



अनेमसंघका जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय इर्न्चाज राधिका श्रेष्ठको अध्यक्षता अनेमसंघका क्षेत्रीय अध्यक्ष सुमित्रा मुखियाको संचालन र अनेमसंघ ठाडा समितीका अध्यक्ष कमला श्रेष्ठको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको छ । 



यसै गरि क्षेत्र न. १ को अन्तरक्रिया कार्यक्रम खनमा यहि मसिंर १६ गते सम्पन्न भएको छ । क्षेत्र न. १ का अध्यक्ष पुष्पा भाटको अध्यक्षता ,सचिव कमला खनालको संचालन, सरस्वती खनालको स्वागत मन्तव्यमा सम्पन्न  भएको कार्यक्रममा  प्रमुख अतिथी अनेमसंघ केन्दिय सदस्य विजुला रायमाझी,अनेमसंघ जिल्ला अध्यक्ष विष्णु माया आर्चाय,कोषाध्यक्ष दीपा आर्चाय, अनेमसंघ जिल्ला सचिवालय सदस्य एवं गाँउ कमिटी सदस्य अमरा आर्चाय, नेकपा एमाले जिल्ला कमिटी सदस्य यमलाल खनाल, खन गाँउ कमिटी अध्यक्ष  विष्णु प्रसाद पोख्रेल ,गाँउ कमिटी उपाध्यक्ष ॠषि पोख्रेल,सचिव खीमा खनाल लगायतले महिला विरुद्ध हुने सबै प्रकारका  हिंसा अन्त्य गर्न आ-आफनो तर्फबाट  यस अभियानमा सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो ।



पत्रकार श्रेष्ठ प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष तथा बिभिन्न सामाजिक संघसस्थामा आबद्द स्वतन्त्र पत्रकार समेत हुन ।



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।







अन्य समाचारहरु