थानिस्वर घिमिरे-मिलन
मैदान ५ अर्घाखाँची
हाल – बुटबल
मेरै लागी कोईले छोरी जन्माउदा खुशी लाग्यो,
मलाई दु:ख पर्दा तिमी रमाउदा खुशी लाग्यो,
दीनु सम्म पिर दीयौ अन्त्यमा त घात गर्यौ,
रुवाउदै तिम्रो डोली अन्माउदा खुशी लाग्यो,
मेरो साथ छोड्यौ तिमी के मा कमी भएर हो,
जोडी बनि पराईको हात समाउदा खुशी लाग्यो,
एक्लै पारी गयौ मलाई केही कुरा नभनेर,
पराई संग घरबार त्यो जमाउदा खुशी लाग्यो।