नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालकी धर्मपत्नी एवं नेकपा एमाले नेतृ साहना प्रधानको बोल्ने क्षमता बन्द भएको छ ।
नाताले साहनाका सोल्टी पर्ने अर्का एमाले नेता भरतमोहन अधिकारी दिल्लीको मेदान्त अस्पतालमा मुटुसम्बन्धी उपचार गराइरहनुभएको छ । तर, प्रधान भने लामो समयदेखि आफ्नै घरमा गुमनाम ढंगले ओछ्यान पर्नुभएको छ । राजनीति र महिला अधिकारका क्षेत्रमा पहिले निकै चर्चा हुने साहनाको अवस्था अहिले गुमनाम छ ।
नेपालको प्रजातान्त्रिक र महिला अधिकार आन्दोलनकी एकजना अगुवा सहाना प्रधानको नाम विगतमा राष्ट्रपतिको उमेद्वारका रुपमा समेत चर्चा चलेको थियो । अहिले प्रधानमन्त्रीको खोजी भैरहेका बेला कुनै महिला नेतृहरुले समेत साहनालाई सम्झेका छैनन् । महिला हिंसा विरुद्धको अभियानमा समेत उहाँलाई कसैले सम्झेनन् ।
डेढ वर्षअघिसम्म महिला अधिकार र राजनीतिसँग जोडिएका जुनसुकै कार्यक्रममा पनि ठमठमी हिँडेर पुग्ने र मञ्चमा उभिएर भाषण गर्ने एमाले नेतृ प्रधान यतिबेला न सार्वजनिक कार्यक्रम, न दलको बैठककतै जानुहुन्न ।